आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

परियार सेवा समाज भिमादको अध्यक्षमा रामबहादुर चयन।


  • समाचार कुञ्ज
  • २०८० माघ २७, शनिबार मा प्रकाशित २ साल अघि
  • ९ पाठक संख्या
  • माघ , अन्जान परियार, घिरिङ।
    परियार सेवा समाज भिमाद इकाईको अध्यक्षमा राम बहादुर  परियार रतन सर्बसम्मत चयन भएका छन् । भिमाद नगरपालिका -६ डेनमार्क स्थित समाज भवनमा शुक्रवार  समाजको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन बाट रतनको अध्यक्षतामा ९ ससस्यीय कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा डास बहादुर परियार, सचिवमा अन्जान परियार, कोषाध्यक्षमा यामकुमारि परियार र सह सचिवमा सुदेश परियार चयन भएका छन्। यस्तै सदस्यहरूमा सृजना नेपाली (परियार), पुर्ण बहादुर परियार, गंगा परियार र धनकुमारी परियार रहेका छन् ।

    परियार समाज भिमादको मन जित्दै अध्यक्ष बन्न सफल भएका  रतनले समाजको हितमा काम गर्ने प्रतिबद्धता गरेका छन।समाजको स्थापनाकाल  देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका रतन कपडा तथा सिलाई ब्यवसायी हुन।

    शुक बहादुर परियारको अध्यक्षतामा  भएको अधिवेशनको भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जोशिले समिती गठनमा राजनितीक झल्को नदिन सुझब दिँदै  निर्माणाधीन अबस्थामा रहेको समाज भवन लाई नगरपालिका बाट निति कार्यक्रम अनुशार बजेट बिनियोजन गर्न आफैले पहल गर्ने प्रतिबद्धता गरे, उनले यदि थप आवस्यक परे राम्रो कार्यको लागि आफ्नो एक महिनाको तलब समाजलाई सहयोग गर्ने वचन दिएका छन।

    उनले काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई इंगित गर्दै परियार समुदाय बाट सरकारी तहमा धेरै जनाले नेत्तृत्व गर्न सफल भएको बताए।

     
    यसैगरी समाजका निबर्तमान अध्यक्ष कबिराज दर्जी, सिलाई ब्यवसायी संघ तनहुँका सचिब मन बहादुर रतन र समाजका सल्लाहकार हिरा परियारले परियार समुदायको एकता,क्षमता र बिशेषता लाई  मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।
     सो कार्यक्रमको अबसरमा प्रबासमा रहेर पनि समाजलाई महत्वपूर्ण सल्लाह सुझाब सहित योगदान गर्दै आएका समाजका संस्थापक सचिब अर्पण घले परियारलाई सम्मान गरेको थियो।

    कार्यक्रममा स्वागत मन्तब्य डास बहादुर परियारले गरेका थिए भने कार्यक्रम संचालन अन्जान परियारले गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट