आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

पुनरावलोकन तथा अनुभव आदान–प्रदान कार्यक्रम देवचुलीमा


  • समाचार कुञ्ज
  • २०८२ फागुन ७, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • १४५ पाठक संख्या
  • ज्ञानु पंगेनी , देवचुली, फागुन ७
    पोषणमैत्री स्थानीय शासन कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘न्यूटिलर्न परियोजना’ अन्तर्गत प्रशिक्षक प्रशिक्षणमा सहभागीहरूको पुनरावलोकन तथा अनुभव आदान–प्रदान कार्यक्रम बिहीबार देवचुलीमा सम्पन्न भएको छ ।
    जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, देवचुली नगरपालिकाको समन्वय तथा क्यानालनको सहयोगमा सञ्चालित उक्त परियोजना पोषणसम्बन्धी व्यवहार परिवर्तन र स्थानीय तहमा पोषणमैत्री नीतिगत अभ्यास प्रवद्र्धन गर्ने लक्ष्यसहित अघि बढाइएको हो ।

    ghiring

    ghiring

    कार्यक्रममा प्रशिक्षक प्रशिक्षणमा सहभागी महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाबीच हालसम्म सम्पन्न कार्यहरूको समीक्षा, अनुभव आदान–प्रदान, देखिएका समस्या–चुनौतीको विश्लेषण तथा भावी रणनीतिबारे सुझाव संकलन गरिएको थियो ।
    सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले विद्यालयको दिवा खाजा कार्यक्रमको नियमित अनुगमन गर्दै सन्तुलित र पोषणयुक्त खानपानबारे अभिभावक तथा विद्यार्थीमा सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो । उहाँहरुले कुपोषण न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना प्रदान गर्ने र लोखाजोखा राख्ने काम गरेको जानकारी गराउनुभयो । भने शिक्षकहरूले विद्यालय परिसरभित्र जंक फुड ( पत्रु खाना )को प्रयोग निरुत्साहित गर्न सचेतनामूलक अभियान सञ्चालन गरिएको बताउनुभएको थियो । परियोजना लागू भएका विद्यालयहरुमा शिक्षक तथा विद्यार्थी सम्मिलित क्लबहरु मार्फत जंक फुड निषेध अभियान नै सञ्चालन गरि गेटमै जाँच गर्ने , विद्यालयभित्र पस्नै नदिनेसम्मका काम गरिएको बताउनुभएको थियो । यसैगरी करेसाबारी निर्माण गरि खाजामा प्रयोग हुने तरकारीहरु उत्पादन गर्ने कार्यमा समेत जोड दिएको बताउनुभएको थियो ।
    जनप्रतिनिधिको तर्फबाट देवचुली वडा नं. ७ की अध्यक्ष भूमिसरा आलेले आफूले प्राप्त गरेको ज्ञानलाई सम्कन्धित कार्यक्रमहरुमा जानकारी गराइ सचेत बनाउने काम गरेको बताउनुभयो ।
    कार्यक्रममा संस्थाका महासचिव दीपक शर्मा, दीपक बस्याल, रेजिना घर्ती लगायतले सहजीकरण गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट