आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

समृद्धि सहकारीको तर्फबाट २२ जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण


  • समाचार कुञ्ज
  • २०८० फागुन १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६ पाठक संख्या
  • तनहुँ लको ऋषिङ्ग गाउँपालिका-१, धावादिमा रहेको शिवशक्ती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।समृद्धि बचत तथा ऋण सहकारी सस्था लि. तर्फबाट २२ जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

    विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष अमर बहादुर भण्डारीले बताए ।गरिब तथा आयश्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि विद्यार्थीहरूलाई पोशाक तथा स्टेशनरी प्रदान गरिएको हो ।

    विद्यार्थीका अभिभावकको उपस्थितिमा रहेको उक्त कार्यक्रममा सहकारीको तर्फबाट कार्य समितिका पदाअधिकारी साथै प्रबन्धक अर्जुन रानाभाटको पनि उपस्थिति रहेका थिए ।भिमाद समाचारबाट 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट