
समाचार कुञ्ज ललितपुर : दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि रकम महिनौँसम्म नपाएपछि ललितपुरका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् ।
ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा जिल्ला प्रशासन कार्यलयको गेटमा दूध पोखेर किसानले विरोध जनाएका हुन् । संघका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार ललितपुरका किसानहरुले २ महिनादेखि दुधको भुक्तानी नपाएको र प्रधानमन्त्री, संघीय तथा प्रदेश
कृषिमन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले आन्दोलनस्वरूप दूध पोखेर विरोध जनाएको खोजमिसनन्युज लाई जानकारी दिए ।
यस्तै, किसानहरुले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ मार्फत नेपाल सरकारलाई आफना मागहरु तुरुन्त सम्बोधन गर्नका लागि ज्ञापनपत्र समेत बुझाएका छन । १७ गते देशभर बिहान १०:००बजेदेखि दिउँसो १२:०० बजेसम्म
राजमार्गमा चक्काजाम गर्न र २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विराध गर्न कार्यक्रम रहेको जानकारी सापकोटाले दिए । ललितपुरका किसानले विभिन्न डेरी उद्योगहरूले दूध लगे वापत १५ करोड रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ । ललितपुरमा दैनिक डेठ लाख दुध उत्पादन हुँदै आएकोमा ७० हजार लिटर दुध बजारमा खपत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस