आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

घिरिङ गाउँपालिका -४ मा दादुरा-रुवेला खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।


  • समाचार कुञ्ज
  • २०८० फागुन १८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ७ पाठक संख्या
  • फागुन १८, अन्जान परियार, घिरिङ। घिरिङ गाउँपालिका -४ मा दादुरा-रुवेला खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाले प्रत्येक वडामा दादुरा-रुवेला खोप  पुरक मात्राको अभियान सम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम गरेको हो।

    शुक्रबार  वडा नं ४ को कार्यालय हलमा वडा अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षतामा गरिएको सो कार्यक्रममा वडा सदस्यहरु, स्वास्थ्यकर्मी, शिक्षक,स्वयमसेविका, स्थानीय बुद्धिजीवीहरुको सहभागिता रहेको थियो।

    सो कार्यक्रम लाई सहजीकरण गर्दै आधारभुत स्वास्थ्य केन्द्र फुलाका इन्चार्ज प्रबिण श्रेष्ठले  वडा नं ४ मा रहेका सामुदायिक स्वास्थ्य इकाई गडौलिटारमा फागुन २२ गते, राजपुर आधारभुत बिधालय कोट साभुङ्ग २३ गते, उम्से खोप केन्द्र २४ गते, आधारभुत स्वास्थ्य केन्द्र फुलामा २५ गते खोप कार्यक्रम रहेकोले आफुलाई  पायक पर्ने ठाउँमा जान सकिने बताए। ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरु लाई मात्र उक्त खोप लगाउन सकिने छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट