आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

घिरिङका प्रमुख प्रशासकीय अधिकृत पोखरेलको बिदाई


  • समाचार कुञ्ज
  • २०८० फागुन २४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको बिदाई गरिएको छ । संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरेलको कास्कीको अन्नपुर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरुवा गरेको थियो । सो सरुवा पश्चात बुधबार गाउँपालिकामा पोखरेलेका बिदाई गरिएको हो ।

    सो अवसरमा गाउँपालिकाका अध्यक्ष होमहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापा, कार्यपालिका सदस्य भुवन विक लगायतले प्रमुख प्रशासकीय अधिकृतबाट घिरिङ गाउँपालिकालाई भएको सेवा प्रति आभार व्यक्त गर्दै बाँकी जागिरे जिवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत पोखरेलले घिरिङले आफुलाई धेरै माया र सम्मान दिएको भन्दै आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । सो कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभाका सदस्यहरु तथा कर्मचारीहरुले पोखरेललाई बिदाई गरेका थिए । सो कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रशासकीय अधिकृत ध्रुव लामिछानेले गरेका थिए ।
    घिरिङमा म्याग्दीको रघुगंगा गाउँपालिकाबाट कृष्णप्रसाद ढकालको सरुवा भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट