आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पेट्रोल र डिजेल तथा मट्टीतेलको मूल्य घट्यो


  • समाचार कुञ्ज
  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल / मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ र डिजेल तथा मट्टीतेल २ रूपैयाँ घटाएको जानकारी दिएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ५८ कायम भएको छ ।

    समायोजित मूल्य आज राति १२:०० बजेपछि लागू हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन ( आइओसी ) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ २२ पैसा र डिजेलमा २ रूपैयाँ ०६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैँ कच्चा तेल खरिद गर्दैन ।

    आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत आइओसीले हरेक महिना १५ / १५ दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।

    आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ । त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नु पर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट