
समाचार कुञ्ज कपिलवस्तु ।निरज रानाभाट
रानाभाट / भाट समाज कपिलवस्तुले क्यान्सर पीडित रमेश भाट क्षेत्रीलाई आर्थिक सहयोग गरेको छ । रंगहरूको पर्व फागु पूर्णिमा अर्थात होलीको अवसरमा आज समाजले लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका क्षेत्रीलाई ३८ हजार ८ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
विगत लामो समयदेखि खुट्टामा भएको क्यानसर रोगको उपचार गरारहँदा आर्थिक अभाव झेलिरहेका क्षेत्रीको परिवारलाई केही सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको समाजका जिल्ला अध्यक्ष ऋषिश्वर भाटले बताए ।
२१ वर्षिय क्षेत्रीलाई छिमेकी देश भारत र नेपालका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराइएको थियो, तर निको नभएपछि अहिले पुन: चितवनको भरतपुरमा रहेको वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत रहेका छन । समाजका जिल्ला अध्यक्ष ऋषिश्वर भाटको अध्यक्षता सचिव राजकुमार भाट क्षेत्री र सदस्य विवेक क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु खिम बहादुर भाट, दिपेन्द्र भाट क्षेत्री, प्रदेश उपाध्यक्ष शंकर भाट क्षेत्री, सचिव माधव भाट, समाजका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस