आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गोरखा जिल्लाभरि सार्वजनिक सवारी नचल्दा यात्रुहरू अलपत्र 


  • समाचार कुञ्ज
  • २०८० चैत्र १४, बुधबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • निराज रानाभाट, गोरखा । चैत ११ गते गोरखाको १२ किलोबाट ठाँटीपोखरी जाँदै गरेको ग १ ख ७१९१ नम्बरको यात्रुबाहक बस र बा २० च ५८५८ नम्बरको कार बिपरित दिशबाट आउँदै गर्दा छेपेटारमा एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधनमा समान्य केही क्षेति भएको थियो । 

    उक्त निजी कारमा सवार ३ जनाले अन्य ३ जनालाई घटनास्थलमा बोलाई बसका चालक र सह – चालकलाई सार्वजनिक स्थलमा लाति र मुक्काले हानेर चोटपटक दिइएको थियो । Q

    उक्त घटनामा सङ्लग्न पिडित सवारि चालकले आफू माथि भएको अन्यायको सम्बनधमा हातपात गर्ने व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यलय गोरखामा जाहेरी दरखास्त दिँदा ईन्कार गरेको हुँदा चैत्र १४ गतेबाट गोरखा जिल्ला भरि सार्वजनिक यातायात बन्द गरेको छ । यातायात बन्द हुँदा हजारौँ यात्रु बाटोमा नै अलपत्र परेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट