
समाचार कुञ्ज तनहुँ जिल्लाको घिरिङ गाउँपालिका समन्वयमा र प्लान स्टार सानो संसारको सहयोगमा गाउँपालिकाको वडा – ४ मा ३ दिने सरफतथा साबुन बनाउने तालिम सम्पन्न भएको छ ।दिगो समतामुलक आथि्क एवं सिप मुलक समाज सिर्जना अभियान एक घर एक उघोग हरेक घर सबै रोजगार प्लान स्टार सानो
संसार महिलाहरुलाई आत्म निर्भर बनाउने उद्धेश्यका साथ सञ्चालन गरिएको ३ दिने सरफ तथा साबुन बनाउने तालिम बुधवार सम्मन्नभएको घिरिङ गाउँपालिका समन्वयन र प्लान स्टार सानो संसार संचालन भएको तालिमा १६ जना सहभागिता जनाएका थिए 
।तालिमको समापन गर्दै प्रमुख अतिथि घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिम बहादुर कुमालले तालिम लिए पश्चातआयआर्जनमा टेवा पुग्ने बताउनुभयो । सरफ तथा साबुन बनाउने सिप सिकेपछि यस तालिमलाई व्यवहारमा उतारेर स्वरोजगार बन्नउहाले आग्रह गर्नुभयो ।
यसैगगरी वडा नं. ४ का वड सदस्य सरिता विकले सिप सिकेर मात्र आत्म निर्भर भईने भएकोले सिपलाई समयमै सदुपयोग गर्न आग्रहगर्नुभयोे । सिकेको सिपलाई व्यवहारमा उतार्दै आयआर्जन गर्न सकेमात्रै सिकेको सिपको सदुपयोग हुने वडा नम्बर ४ का वडा सचिवहरि प्रसाद पाैडेले बताए ।१६ जना सहभागि रहेको ३ दिने सरफ तथा साबुन बनाउने तालिममा प्लान स्टार सानो संसारकाप्रतिनिधिहरूले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस