आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै


  • समाचार कुञ्ज
  • २०८० चैत्र १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • काठमाडौं ।

     यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ) परीक्षा आजदेखि शुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    आज बिहान ०८:०० बजेदेखि बिहान ११:०० बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले जानकारी दिए । यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ जना छात्रा र ८ जना छात्र गरी २३ जना विद्यार्थीहरुले परीक्षा दिने भएका छन् ।

    यस वर्षको परीक्षामा भने बोर्डले ‘ लेटर ग्रेडिङ निर्देशिका २०७८ ’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनु पर्ने प्रावधान रहेकामा यस वर्ष विद्यार्थीहरुले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने भएको छ । १ सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनु पर्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुन: मौका परीक्षामा सहभागी हुनु पर्ने प्रावधान रहेको छ । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीहरुले पहिलो वर्ष २ विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले ३ पटकसम्म २ विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट