आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पाल्पाबाट कावासोती जाने जिप र मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते


  • समाचार कुञ्ज
  • २०८० चैत्र १६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • पाल्पा । पाल्पामा जिप र मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् ।

    शुक्रबार बिहान रामपुर नगरपालिका–३, रजघरामा भएको दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६ वर्षीय सुनिल वि.क. र मोटरसाइकलमा सवार उनकी ४० वर्षीया आमा सेती वि.क. घाइते भएका हुन् ।

    रामपुरबाट कावासोती जाँदै गरेको लु १ ज ३७६९ नम्बरको जिप र रामपुर आउँदै गरेको लु २१ प २९०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

    घाइतेहरूको रामपुर अस्पतालमा उपचार भएरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट