आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

त्रिशूलीमा ट्याक्सी दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत ,एक बेपत्ता


  • समाचार कुञ्ज
  • २०८० चैत्र १७, शनिबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • चितवन । काठमाडौंबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् । 

    प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी वर्षीय दिवस रोकाय अझै बेपत्ता छन् ।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किँदै गर्दा दुर्घटना भएको हो । 

    अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरै बेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

    आज (शनिबार) बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको हो ।– रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट