आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

हावाहुरीले पाल्पामा १ जनाकाे ज्यान गयाे,


  • समाचार कुञ्ज
  • २०८० चैत्र १७, शनिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • पाल्पा, पाल्पामा हावाहुरीले रुख पल्टाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । डुम्रे नजिकै जरे पिपलमा बाटोमा सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक पाल्पा कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी बुटवलका ब्यवसायी दिनेश श्रेष्ठले बताउनुभयो  ।

    सल्लाको रुख पल्टेर च्याप्दा सिंजालीको घटनास्थलमै ज्यान गएको हाे । लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर  र एकमाेटरसाइकल पनि पल्टिएको छ ।

    पानीसहित आएको हावाहुरीले रुख पल्टाएका  कारण अहिले पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ  । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट