आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

काठमाडौंको सीतापाईला मन्दिर परिसरमा सृजना युवा क्लबको आयोजनामा ‘ १४ औं रक्तदान कार्यक्रम ’ सम्पन्न


  • समाचार कुञ्ज
  • २०८० चैत्र १८, आईतबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका -५, सीतापाईला मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘ स्वस्थ व्यक्ति सबैले गरौं रक्तदान, मरणशन्न व्यक्तिलाई हुन्छ जीवनदान ’ भन्ने नारासहित सृजना युवा क्लबको आयोजनामा ‘ १४ औं रक्तदान कार्यक्रम ’ सम्पन्न भएको हो ।उक्त रक्तदान कार्यक्रममा ८३ पिन्ट रगत संकलन भएको छ । 

    उक्त रक्तदान कार्यक्रममा १८ वर्षदेखि ३० वर्षसम्मका ३६ जना, ३१ वर्षदेखि ४० वर्षसम्मका ३८ जना, ४१ वर्षदेखि ५० वर्षसम्मका ८ जना र ५१ वर्षदेखि ६५ वर्षसम्मका ३ जना गरी ८३ जना रक्तदाताहरूले रक्तदान गरेका छन् , जसमा ६७ जना पुरुष तथा १६ जना महिलाले रक्तदान गरेका हुन् ।

    त्यस्तै, उक्त क्लबले विगत १३ वर्षदेखि निरन्तर रूपमा रक्तदान कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको र करिव १ हजार पिन्टभन्दा रगत संकलन गरी विभिन्‍न व्यक्तिहरूलाई उपलब्ध गराउँदै आइरहेको सृजना युवा क्लबका अध्यक्ष कृष्ण बसेलले जानकारी दिए । रक्तदान कार्यक्रममा १ सयभन्दा बढीको उपस्थिति रहेकोमा केही व्यक्तिहरुको पेसर कम / बढी साथै विभिन्न कारणले गर्दा ८३ जनाले मात्रै रक्तदान गरेको क्लबका अध्यक्ष बसेलले बताए । 

    उक्त कार्यक्रममा १ सय १४ जना उपस्थित भएका थिए । यसैगरी, उक्त रक्तदान कार्यक्रममा नागार्जुन नगरपालिकाको सहकार्य, नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक सोल्टीमोडको प्राविधिक सहयोग तथा विभिन्न संघ / संस्थाहरुको सहयोगमा भव्यता साथ सम्पन्न भएको छ । साथै उक्त कार्यक्रममा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट