आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

बौंदीकालीको सिउनमा स्वास्थ्य शिविर, स्त्रीरोग विशेषज्ञद्वारा परिक्षण गरिने


  • समाचार कुञ्ज
  • २०८० चैत्र २८, बुधबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • रकुवा । पूर्वी नवलपुरको बौंदीकाली गाउँपालिका वडा नं. ३ सिउनमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

    रकुवाको सिउनस्थित रकुवा स्वास्थ्य चौकीमा यही २०८१ साल वैशाख २ गते आइतबारका दिन महिलाहरुका लागि विशेष स्वास्थ्य शिविर बस्ने भएको स्वास्थ्य चौकी प्रमुख घननारायण श्रेष्ठले जनाए ।

    श्रेष्ठका अनुसार उक्त शिविरमा विशेष गरि आङ (पाठेघर) खसेका, सेतो पानी बग्ने, पिसाब चुहिने समस्या भएका महिलाहरुका लागि विशेषज्ञ शिविर आयोजना गर्न लागिएको छ ।

    श्रेष्ठले उक्त शिविरमा उपस्थित भई सबैले आफ्नो समस्या राख्न र उपचार गर्न पाउने अवसरबाट बन्चित नहुन समेत आग्रह गरेका छन् ।नवनेपाल बाट साभार

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट