
समाचार कुञ्ज नवलपुरमा गोरुले हान्दा २ जना वृद्ध घाईते भएका छन् । जिल्लाको वौद्धिकालि गाउपालिका वडा नम्बर २ ,भाडगाउँका ६४ वर्षिय ज्ञानबहादुर सारु र सोहि ठाउँका ७७ वर्षिय गनिसरा सिजांली मगर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय
नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिनुभयो । उहाँहरु दुवै जना शुक्रबार अपरान्ह् ४ बजे गोरु र बाख्रा चराउने क्रममा बसिरहेको अवस्थामा पछाडिबाट आई गोरुले हान्दा बौद्धिकालिका खोलामा खस्न पुग्दा दुवैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको हो ।
घाईते दुवैको स्थानिय अस्पताल रकुवा स्वास्थ्य चौकिमा उपचार हुन नसकेपछि गनिसरा सिजांलीलाई रामपुर पाल्पा र ज्ञानबहादुर सारुलाई नयाँ मेडिकल कलेज भरतपुरमा थप उपचारको लागि पठाइएको र दुवैको अवस्था गम्भिर रहेको पनि प्रहरीले जनाएको हो

प्रतिक्रिया दिनुहोस