आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासोतीमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • नवलपुर । नवलपुरको कावासोतीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं १५ मा रहेको बाडखोलामा पौडी खेल्ने क्रममा तनहुँ घिरिङ – २ माहोरकोट घर भई हाल कावासोती – १४ त्रिभुवनटार बसोबास गर्ने १५ वर्षीय रविन रानाको निधन भएको हो ।

    मङ्गलबार दिउँसो १२ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका रानालाई प्रहरीको टोलीले खोज्ने क्रममा सोही स्थानमा मृतक अवस्थामा फेला पारेको थियो । बालकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट