आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

बौदीकालीका दुई दिदिबहिनी कालीगण्डकी नदीमा डुबेर मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १२, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • रामकुमार श्रेष्ठ – 

    नवलपुरकाे कालीगण्डकी नदीमा वेपत्ता १४ बर्षीया बालिका आज मृत फेला परेकी छिन् ।शनिबार साँझदेखि वेपत्ता दिन अघि वेपत्ता भएकी बौदीकाली ३ निवासी रेवत सारुकी छाेरी १४ बर्षीया नरिना सारू मगर मंगलबार दिउँसाे बौदीकाली २ स्थित कालीगण्डकी नदी र बौडि खोलाको दोभानमा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । 

    बालिकाकाे शव मुचुल्का तयारपारी पाेष्टमार्टमका लागि रामपुर अस्पताल पाल्पा पठाईएकाे छ । वेपत्ता सारूकाे सशस्त्र प्रहरीकाे गाेताखाेर परिचालन गरेर साेमबार र मंगलबार खाेजी गरिएकाे थियाे । 

    घर नजिकै धारामा शनिबार साँझ नुहाउन गएकी दुईदिदी बहिनी १७ बर्षीय लक्ष्मी सारु र १४ बर्षीया नरिना सारू राति अबेरसम्म घर नआए पछि स्थानीय र प्रहरीले खाेजी शुरू गरेकाे थियाे । 

    दिदी लक्ष्मी सारू आईतबार कालीगण्डकी नदी किनारमा डुबेकाे अवस्थामा मृत फेला परे पनि बहिनी भने वेपत्ता थिईन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट