आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

गण्डकीसहित चार प्रदेशमा आज वर्षाको सम्भावना


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

    महाशाखाकाअनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया सफा छ। दिउँसो पहाडी भभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट