आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

एलिना चौहानले श्रीमानको खुट्टा ढोगेको विषयमा चर्किएको विवाद के हो ?


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाको विवाह र विवाहपछिका तस्वीर तथा भिडियोले यतिबेला सामाजिक सञ्जाल गर्माएको छ । ती भिडियोमा यी दुवै प्रफुल्ल देखिन्छन् ।

    विवाहपछिको एक भिडियोले भने सामाजिक सञ्जाल गर्माएको मात्र छैन, बहस नै छेडिएको छ । उक्त भिडियोमा एलिनाले विष्णुको खुट्टा ढोगेकी छन् । दुई मिनेटभन्दा बढी समय उनले विष्णुको खुट्टा ढोगेको विषय सामान्य पनि लाग्दैन ।

    एलिनाले लामै समय खुट्टा ढोगेकी छन् र विष्णुले उनलाई पैसा दिइरहेको देखिन्छ । एलिनाले ढोग्न नछोडेपछि हाँस्दै पैसा थपिरहेका छन् । मागे जति पैसा नदिएसम्म एलिनाले खुटटा ढोगिरहन्छिन् ।

    अहिले पनि नेपाली समाजमा यो शैली प्रचलनमा समेत छ । त्यसलाई यी दुईले पछ्याएको पनि देखिन्छ । तर खुट्टा ढोगाइको यो शैलीलाई लिएर सामाजिक सञ्जालमा बहस छेडिएको छ । यो बहसको सुरुवात चाहिं पत्रकार तथा महिला अभियन्ता आरती चटौतबाट सुरु भयो ।

    उनले एलिनाले खुट्टा ढोगेको भिडियोको स्क्रिनसट फेसबुकमा सेयर गर्दै ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्रको यो नमुना दृश्य’ भन्दै कटाक्ष गरेकी छन् ।

    उनी लेख्छिन्, ‘विष्णुले त्यो ढोगको ‘मूल्य’ पाँच रूपैयाँबाट सुरु गरी, दश, बीस गर्दै दिएको’ उता एलिना निरन्तर पाउमा निधार राखिरहेको, विष्णुले त्यसलाई मजाक बनाइरहेको दृश्य समानतामा विश्वास राख्ने जोकोहीलाई पनि आपत्तिजनक लाग्नुपर्छ ।

    कालजयी गायक गोपाल योञ्जनकी छोरी सिर्जना सिंहले पनि हामी एक सभ्य र सम्मानजनक समाजको निर्माणतिर बढ्नमा कहाँ चुकिरहेका छौं भन्दै प्रश्न गरेकी छन् । महिला अभियन्ता चटौतको उक्त पोस्टलाई लिएर धेरैथरी प्रतिक्रिया आइरहेको छ ।

    कतिपयले एलिना र विष्णुको उक्त कार्यप्रति समर्थन गर्दै नेपाली संस्कारको निरन्तरता भएको बताएका छन् भने कतिपयले जीवनसाथीमा कोही मालिक र कोही दासीको रुपमा हुन नहुने बताएका छन् ।

    यसअघि २०७९ असोज २१ मा मधु भट्टराईले राजेश हमालको खुट्टा ढोग्दा यसैगरी सामाजिक सञ्जाल विभाजित भएको थियो । फ्यानहरु पक्ष र विपक्षमा बाँडिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट