
समाचार कुञ्ज ओखलढुंगा,
ओखलढुंगामा आगोले जलेर आमाछोराको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परेर ५५ वर्षिय पुन्यकुमारी धमला र उहाँका छोरा १५ वर्षिय कन्चन धमलाको ज्यान गएको हो ।
सोमबार अपरान्ह बाहुन डाँडा कोल पाखामा निजि खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको स्थानीय युवराज धमलाले जानकारी दिनुभयो ।
केही दिन अघि देखि स्थानीय जंगलमा लागेको आगोले जलेर सोमबार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टा सिंहले बताउनुभयो ।
घटना स्थलमा प्रहरी परिचालन भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस