
समाचार कुञ्ज काठमाडौं । रानाभाट / भाट समाज नेपालका सदस्य अछाम घर भई हाल कैलाली बसोबास गर्ने ५५ वर्षीय देउडा गायक राजाराम भाटलाई उपचारका लागि रानाभाट / भाट समाज काठमाडौं जिल्ला कार्य समितिको समन्वयमा संकलित रकम राजाराम भाटलाई आज बिहान काठमाडौंको नयाँ
Qबानेश्वरस्थित ताम् : चिबेमा भेटघाट गरेर हस्तान्तरण गरिएको छ । रानाभाट / भाट समाज काठमाडौं जिल्ला कार्य समितिको समन्वयमा विभिन्न स्थानमा बस्ने व्यक्तिहरुबाट ४३ हजार ५ सय १ रुपैयाँ रकम संकलन गरिएको थियो । आर्थिक सहयोग गर्नेहरुमा रानाभाट / भाट समाज जिल्ला कार्य समिति काठमाडौंले १० हजार रुपैयाँ, रानाभाट / भाट समाज जिल्ला कार्य समिति गोरखा ( पालुङटार ) ले ५ हजार ५ सय ५५
रुपैयाँ, रानाभाट / भाट समाज केन्द्रीय कार्य समितिका अध्यक्ष बाबुराम रानाभाटले २ हजार ५ सय रुपैयाँ, काठमाडौंमा रहेको चितवन पम्प पसलले १ हजार रुपैयाँ, कास्कीको पोखरा निवासी रुद्र रानाभाटले २ हजार रुपैयाँ, काठमाडौं निवासी शान्ता रानाभाटले १ हजार १ सय रुपैयाँ, ललितपुरको खुमलटार निवासी रमेश रानाभाटले २ हजार ५ सय रुपैयाँ र गोरखा निवासी सुदिप रानाभाटले १ हजार ५ सय १५ रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी, आर्थिक सहयोग गर्नेहरुमै काठमाडौं निवासी ई. सुर्य भाटले ५ हजार ५ सय ५५ रुपैयाँ, काभ्रेपलाञ्चोक निवासी सन्तोष रानाभाटले ५ हजार ५ सय ५५ रुपैयाँ, तनहुँ निवासी महाकाली रानाभाटले १ हजार ५ रुपैयाँ, काठमाडौंको कलंकी निवासी बलराम रानाभाटले १ हजार १ सय ११ रुपैयाँ, गोरखा निवासी नितेश जंग रानाभाटले १ हजार ५ रुपैयाँ, काठमाडौं निवासी जगत रानाभाटले १ हजार रुपैयाँ, काठमाडौं निवासी तारा देवी रानाभाटले १ हजार १ सय रुपैयाँ र काठमाडौं निवासी दामोदर रानाभाटले १ हजार रुपैयाँ सहयोग गरेका छन् ।
राजाराम भाटले सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा रानाभाट / भाट समाज केन्द्रीय कार्य समितिका अध्यक्ष बाबुराम रानाभाट, काठमाडौं जिल्ला कार्य समितिका अध्यक्ष रेशम रानाभाट, काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिका पुर्व अध्यक्ष सन्तोष रानाभाट, काठमाडौं जिल्ला कार्य समितिका उपाध्यक्ष नरेन्द्र रानाभाट, काठमाडौं जिल्ला कार्य समितिका कोषाध्यक्ष दामोदर रानाभाट, पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाट र रमेश रानाभाटको उपस्थितिमा संकलित रकम हस्तान्तरण गरिएको छ । राजाराम भाटलाई मृगौलाको खराबी देखिएकोले भक्तपुरको शहिद धर्मभक्त नेशनल ट्रान्सपलान्ट सेन्टर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावको कारण उपचारको क्रममा असहज भएको हुँदा उपचारको निमित्त भाटले सहयोगको लागि अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस