आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

कावासोतीमा ढल निर्माणका क्रममा ढिस्कोले पुरिएर ३ जनाको मृत्यु,


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ ३२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • कावासोती । नवलपरासी(सुस्तापूर्व)को सदरमुकाम कावासोतीमा ढल (नाला) निर्माण गर्ने क्रममा खाल्डोमा पुरिएर तीन मजदुरको निधन भएको छ । मृत्यु हुने तीनै जना महिला मजदुर छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरीक्षक बेदबहादुर पौडेलका अनुसार ढिस्कोले पुरिएर कावासोती नगरपालिका– ५ लक्ष्मीनगर निवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामीको निधन भएको हो ।

    बिहीबार ढल निर्माणका क्रममा पुरिएका उनीहरूलाई जेसीबी र स्थानीयको सहयोगमा उद्धार गरेर जिल्ला अस्पताल, डण्डा लगिएको थियो । तर, पुग्नासाथ अस्पतालले मृत घोषणा गरेको थियो ।

    केही दिनभित्र सक्नेगरी काम भइरहेको थियो । करिब ८ फिट गहिरो ढल खनेको ठाउँमा माथि थुपारेको माटो खसेर मजदुर पुरिएको पौडेलले बताए ।

    कामदारको मृत्यु भएपछि स्थानीयले कावासोतीका नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गरेका थिए । कावासोती थानाचोकदेखि पूर्व हाटबजारसम्म लगिएको नाला खन्न छिटो काम गर्न मेयरलाई पटकपटक आग्रह गरे पनि वेवास्ता गरेको स्थानीयको आरोप छ ।

    राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट