आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

लाइसेन्स बेगर बौदीकालीका कर्मचारी र पदाधिकारीलाई झण्डै दस लाखको मोटरसाइकल


  • समाचार कुञ्ज
  • २०८१ श्रावण ८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • कावासोती । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकालाई सवारी चालक अनुमती पत्र ( लाइसेन्स) बिना सवारी वितरण गरेको भन्दै महालेखापरीक्षकको कार्यालय प्रश्न उठाएको छ ।

    गाउँपालिकाले वडा सचिव नारायण प्रसाद ओझा, वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ र उपाध्यक्ष डिल कुमारी केसी सारु मगरलाई झण्डै १० लाखको मोटरसाइकल उपलब्ध गराएको हो ।

    गाउँपालिकाले वडा सचिव ओझालाई रु २ लाख ४० हजार ९ सय मूल्यको ग.प्र. ००१ ब ०००७ नं को मोटरसाइकल , वडा अध्यक्ष श्रेष्ठलाई २ लाख ८० हजार ५ सय मूल्यको ग.प्र. ००१ ब ००७५ नं को मोटरसाइकल र उपाध्यक्ष मगरलाई ग.प्र. ००१ ब ०००५१ नं को मोटरसाइकल लाइसेन्स बेगर उपलब्ध गराएको छ । सो बारे महालेखाले प्रश्न उठाउँदै फिर्ता गरी जिन्सी खातामा दाखिला गर्नुपर्ने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट