
समाचार कुञ्ज रोटरी क्लव कावासोतीले आफ्नो स्थापना दिवस (Aug-2)को अवसर पारेर बृक्ष रोपड कार्यक्रम एवम् विरुवा गोडमेल कार्यक्रक सम्पन्न गरेको छ ।
सामजीक क्षेत्रमा स्थापीत गराउन सफल यस क्लवले कावासोती २ मा रहेको शिव सामुदायिक वन बृक्ष रोपण तथा गोडमेल कार्यक्रम सम्पनन गरेको हो ।सामुदायीक वन भित्र बन्यजन्तुको लागी निर्माण गरीएको पोखरी आसपास क्षेत्रमा वर, पिपल, स्वामी लगायतका करीव ५० बिरुवा रोपीएको क्लवका संथापक अध्यक्ष भरत शर्मा पोखरेलले जानकारी दिनुभयो ।
रोटरी क्लवले स्थापना सदनको अवसर पारेर विशेष गरी बन्यजन्तका लागी पानी पिउने व्यवस्थापनका लागी नर्माण गरीएको पोखरीमा बढी छाहारी दिने र धार्मिक रुपमा पनी राम्रो मानीने वर, पिपल, श्वामी जातका विरूवा रोप्ने कार्य गरीएको क्लवका अध्यक्ष केशव भट्टराईले बताउनुभयो ।
साथै उक्त क्षेत्रमा पहिल्र्य देखी लगाईएका विरुवाहरुको गोडमेल समेत गरीएको बताउनु भयो । विभिन्न स्थानमा विभिन्न अवसर पारेर बृक्षरोपण गरीए पनी समयमा गोडमेल नहुदाँ मर्ने, हराएर जाने हुने भएकाले रोपीएका विरुवाको गोडमेल गरी संरक्षण र आवश्यक स्थानमा रोप्ने कार्य गरीएको नि वर्तमान अध्यक्ष हरीहर अधिकारीले बताउनु भयो ।
कावासोती क्षेत्रका सामाजीक व्यक्तिहरुले सात बर्ष पहिला रोटरी क्लव अफ कावासोती स्थापना गरेका थिए । यस क्लवले हाल सम्म १ हजार भन्दा बढीको निःशुल्क आखा परिक्षण, गरी मोतिया बिन्दूको अप्रेशन, महिलाहरुमा हुने पाठेघरको निशूल्क स्वास्थ्य परिक्षण एवम् अप्रेशन गरेको छ भने मध्यविन्दु जिल्ला अस्पताल र समता स्कुल परिषरमा शौचालय निर्माण गरेको छ ।
कार्यक्रममा, रोटरी क्लव अफ कावासोतीका पुर्व अध्यक्षहरु, वर्तमान कार्य समिति एवम् वोड मेम्वर, राट्रर्याक क्लवका पदाधिकारी एवम् सदस्यहरु, शिव सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस