आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

यातायात व्यवस्था कार्यालय नवलपुरद्वारा ३० करोड ३५ लाख भन्दा बढी राजश्व सङ्कलन


  • समाचार कुञ्ज
  • २०८१ श्रावण २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी),२३ साउन
    यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ म नयाँ सवारी दर्ता हुने सङ्ख्या उल्लेख्य घटे पनि कार्यालयको राजश्व सङ्कलनमा भने अघिल्लो आव कै हाराहारीमा सङ्कलन भएको यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख मिलन बहादुर केसीले बताउनु भयो ।

    “गत आव मा सवारी साधन कर सङ्कलन बापत २३ करोड ८६ लाख पाँच हजार तीन सय १३ रुपैयाँ, सवारी चालक अनुमति पत्र एवं सवारी दर्ता किताब बापत पाँच करोड छ लाख ५२ हजार नौ सय १८ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजश्व शीर्षकमा ३८ लाख ४६ हजार चार सय ३० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्क बापत आठ लाख दुई हजार छ सय ९० रुपैयाँ राजश्व सङ्कलन भएको छ”,उहाँले भन्नु भयो ।
    गत आर्थिक वर्ष यातायात व्यवस्था कार्यालय(नवलपरासी बर्दघाट सुस्तापूर्व)मा विभिन्न प्रकृतिका एक हजार सात सय २७ वटा सवारी साधन दर्ता भएका छन् ।

    आव ०७९/८० मा कुल सात हजार आठ सय ३८ वटा सवारी साधन दर्ता भएकोमा आ व ०८०८१ मा छ हजार एक सय ११ वटा सवारी साधन कम दर्ता भएको प्रमुख केसीले बताउनु भयो ।
    “गत आवमा दुई पाङ्ग्रे सवारी साधन एक हजार चार ८९ वटा,निजी कार भ्यान २८ वटा, सरकारी मोटरसाइकल तीन वटा, निजी बस ट्रक १३ वटा, सरकारी बस पाँच वटा, सरकारी गाडी छ वटा, पिक अप दुई वटा, सार्वजनिक बस ट्रक २४ वटा, ट्र्याकटर चार वटा, भाडा ट्याम्पो ७४ वटा र निजी ट्याम्पो ७९ वटा दर्ता भएका छन्”,उहाँले भन्नु भयो ।
    आ व ०७९/८० मा छ हजार छ सय ८३ वटा दुई पाङ्ग्रे सवारी साधन दर्ता भएकोमा गत आव ०८०/८१ मा जम्मा एक हजार चार सय ८९ वटा दर्ता भएको तथ्याङ्कमा देखिन्छ ।

    यातायात व्यवस्था कार्यालय(नवलपरासी बर्दघाट सुस्तापूर्व)मा आव ०८०/८१ म सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि लिखित परीक्षामा सहभागी भएका मध्य ७० दशमलव ७२ प्रतिशतले चालक अनुमति पत्र पास गरेका छन् । सवारी चालक अनुमति पत्र लाइसेन्स नयाँ एवं नवीकरण मध्य २०८० पुस १५ गते सम्मको सबै प्रिन्ट भएर आएको कार्यालय प्रमुख केसीले जानकारी दिनु भयो । गत पुस १५ गते सम्म नवीकरण एवं नयाँ लाइसेन्सका लागि योग्य भएकाको स्मार्ट लाइसेन्स प्रिन्ट भएर कार्यालय वाट वितरण गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट