
समाचार कुञ्ज नेनाल सुनचाँदी व्यवसायी संघ तनहुँको आठौं बार्षिक साधारण सभा चौथो अधिवेशन दमौलीमा सनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा बिभिन्न तह र तप्काका केन्द्रीय पदाधिकारी प्रदेश, जिल्ला र नगर प्रतिनिधि ले सहभागिता जनाएका थिए । प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका बिशिष्ट सदस्य तथा पूर्व अध्यक्ष मोहन कुमार बिकले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। अधिबेशन भएको ले सबै आकाङ्क्षी हुनु स्वाभाविक हो तर बिभिन्न चरणको छलफल र अतिथि को सल्लाह अनुसार अधिवेशनले हरि गहतराजको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको हो । गहतराजले सुनचाँदी व्यवसायी संघ तनहुँ मा लामो समय देखि बिभीन्न पदमा रहेर काम गरेको र संघको उपाध्यक्षको हैसियतले पनि अध्यक्ष को बलायो दाबेदार थाए ।
त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा पदम बहादुर सुनार,प्रथम उपाध्यक्षमा लुद्रविर बिक,द्धितीय उपाध्यक्षमा भिमबहादुर बिश्वकर्मा,महासचिव पूर्ण बहादुर बिक,सचिव हेमलाल भिके,कोषाध्यक्षमा राजेन्द्र गौतम र सहकोषाध्यक्षमा बुद्धिबहादुर बिश्वकर्मा चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा शैलेस बिक,केशर बहादुर बराली,समर बिक,ऋषिराम बिक,सुनिल अधिकारी , नेत्रबहादुर सुनार, र हरिश्चन्द्र बिकलाई चयन गरिएको छ ।
मनोनित प्रवक्तामा दीपक सुनारलाई चयन गरिएको निर्वाचन समितिका संयोजक अमृतबहादुर नेपालीले जानकारी दिनुभयो ।
उक्त अधिवेशनको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मोहनकुमार बिकले उदघाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस