
समाचार कुञ्ज नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका –३, स्थित जन्तिपहिरोमा खसेको पहिराको कारण करिडोर पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।
जन्तिपहिरोमा गएरातिदेखि परेको अविरल वर्षका कारण लेदो सहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । वर्षा रोकिएपछि मात्र पहिरो हटाउने कार्य सुरु हुने उहाँले बताउनुभयो ।
कालिगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारीहरु संचालनमा आउन सकेकाछैनन् ।

प्रतिक्रिया दिनुहोस