आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


  • समाचार कुञ्ज
  • २०८१ भाद्र ७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    मनसुनको न्यूनचापीय रेखा शुक्रबार पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अर्थात् नेपाल नजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    न्यूनचापीय रेखा पूर्वमा नेपालनजिक रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रही शुक्रबार बिहान कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ ।

    त्यस्तै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेश प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको हुने पूर्वानुमान गरेको छ ।

    शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा राति पनि भारी वर्षा हुने प्रक्षेपण छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट