आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मर्स्याङ्दी नदीमा बस खस्यो


  • समाचार कुञ्ज
  • २०८१ भाद्र ७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ ।  आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको तनहुँका एसपी वीरेन्द्र शाहीले  बताए ।
     

    इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । एसपी शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’ पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए ।  बसमा ४० जना जति यात्रु रहेको उनको भनाई छ ।

    विस्तृत विवरण आएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट