आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एमाले घिरिङ द्वारा दुर्घटनामा परेका श्रेष्ठ लाई आर्थिक सहयोग।


  • समाचार कुञ्ज
  • २०८१ भाद्र १६, आईतबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • भदौ १६ अन्जान परियार, घिरिङ।

    दु;र्घटनामा परि घाइते भएका तारा बहादुर श्रेष्ठ सन्जु लाई नेकपा एमाले घिरिङ गाउँ कमिटीले उपचारको लागि आर्थिक सहयोग गरेको छ। राष्ट्रिय युवा संघ घिरिङ गाउँ कमिटिका उपाध्यक्ष तारा बहादुर श्रेष्ठ (सन्जु) खोलामा चिफ्लिएर लड्दा घाँटिमा गहिरो चोट लागेको छ। उनलाई गण्डकी मेडिकल कलेज जिएमसि हस्पिटल पोखरामा भर्ना गरि आइसियु वार्डमा उपचार गरिएको थियो, हाल उनलाई हरियोखर्क हस्पिटलमा थेरापी गर्दै राखिएको उनका बुबाले जानकारी दिए।

    घिरिङ गाउँपालिका वडा नं १ कटहरे निवासी श्रेष्ठको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि नेकपा एमाले घिरिङ गाउँ कमिटीले आर्थिक संकलन अभियान चलाएको थियो। गाउँ कमिटीले अध्यक्ष सुमन कुमार श्रेष्ठको नेत्तृत्वमा आर्थिक संकलन अभियान चलाएको थियो। करिब २० दिन देखि हस्पिटलमा उपचाररत श्रेष्ठ लाई हस्पिटलमा भेटी शुक्रबार उनका बुबालाई ६१ हजार १ सय पन्ध्र रुपैँया हस्तान्तरण गरेका हुन। नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, गाउँकमिटी अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतका नेता हरु सहभागी भइ उक्त रकम हस्तान्तरण गरेका हुन।

    गाउँकमिटी अध्यक्ष श्रेष्ठले करिब ७० जना बाट संकलन भएको रकम हस्तान्तरण गर्दै बिरामि लाई शिघ्र स्वास्थ्य लाभको कामना गरि सहयोगी सबैलाई धन्यवाद ब्यक्त गरे साथै सहयोग गर्न इच्छा हुने जो कोहि छुटेको भए सहयोग गर्न समेत अपिल गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट