आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मनकामना केबलकार आजदेखि डिजिटल प्रविधिमा


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • चितवन : मनकामना केबलकार मंगलबारदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ। 

    मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब   ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुनेछ।  स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्न गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द  गरिएको थियो। 

    २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। 

    अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए। गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ देखि केबलकार सञ्चालनमा ल्याइएको थियो।

    केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका-४ चेरेसमा छ। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट