आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नि:शुल्क छातीको एक्स-रे शिविर : ३ जना बालबालिका सहित १४ जनामा देखियो क्षयरोग


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • देवचुली । देवचुली नगरपालिकामा संचालन भएको नि: शुल्क छातीको एक्सरे शिविरको पहिलो दिन ३ जना बालबालिका सहित १४ जनामा क्षयरोग संक्रमण फेला परेको छ । देवचुली नगरपालिकाको आयोजना, क्षयरोग उपचार केन्द्र पोखराको आर्थिक सहयोग तथा जन्त्र नेपालको प्राविधिक सहयोगमा देवचुली नगरपालिका वडा नम्बर ७ को भीमसेन आदर्श नमुना मावि रामबासको प्रा वि ब्लक सेन्टर प्लटमा नि:शुल्क छातीरोग सम्बन्धि खोजपडताल शिविर संचालन भएको हो ।

    देवचुली ७ का वडा अध्यक्ष भुमिसरा आलेको अध्यक्षतामा भएको शिविरको देवचुली प्रमुख अतिथि नगर प्रमुख हरि प्रसाद न्यौपानेले शुभारम्भ गर्नु भएको थियो। सो कार्यक्रममा नगर उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिल प्रसाद काफ्ले, देवचुली ६ का वडा अध्यक्ष मिनबहादुर सोती मगर, देवचुली ८ का अध्यक्ष नुनप्रसाद बाचे, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डा. विशाल तिवारी, डा. आविस्कार गौतम , स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र सिंह,ल्याब टेक्निसियन डिल्लीराम तिवारी, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, जन्त्र नेपालका निर्देशक

    रामशरण गोपाली, वरिष्ठ छाति रोग विशेषज्ञ डा. प्रमोद भट्टराई , विजय महर्जन रेडियोग्राफर कविता लामा तथा फोकल पर्सन राजेन्द्र रानाभाटको उपस्थिति रहेको थियो ।

    बुधबार भएको शिविरमा ६ सय २६ जनाको एक्स-रे गरिएकोमा ३ जना बालबालिका सहित १४ जनामा क्षयरोगको संक्रमण भेटिएको र थप ५५ जनाको खकार परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको देवचुली नगरपालिकाका सि अहेव अधिकृत शिव पराजुलीले जानकारी दिनुभयो । नगरपालिकाले बिहीबार बिहान ७ बजे देखि देवचुली वडा नम्बर १६ को वडा कार्यालयको भवनमा शिविर संचालन गर्ने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट