आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

गण्डकी प्रदेश सहित देशभरि वर्षात


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ९, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • मनसुन पुनः सक्रिय हुँदा देशभरि वर्षात भएको छ। पछिल्लो तीन घन्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम लगायत प्रदेशका अधिकांश भूभागमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

    विभागले अद्यावधिक गरेको सूचनाअनुसार नवलपरासीको देउरालीमा पछिल्लो ३ घन्टामा ८३.२, मिलिमिटर वर्षा भएको छ। यो भारी वर्षा मापन हो।

    त्यस्तै रुन्देहीको तिलोत्तमामा ५९.२, नवलपरासीको दुम्कौलीमा ४१.२, नवलपरासीको डन्डामा ३७ मिलिमिटर वर्षा भएको छ।

    बाढी पूर्वसूचना केन्द्रले नवलपरासी, नवलपुर लगायत जिल्ला भएर बहने नदीमा आकस्मिक बाढीको पूर्वानुमान पनि गरेको छ। तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट