आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

काठमाडौं उपत्यकामा बाढीबाट २१ जनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं । वर्षाका कारण काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ ।

    हालसम्म काठमाडौंमा ९, ललितपुरमा ९, र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिनुभएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् ।

    बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उहाँले बताउनुभयो । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

    विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा ९ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

    यसैबिच विपद्को जोखिमका आधारमा काठमाडौंमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट