आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

दाउन्नेमा सडक भासियो, हाइटेन्सन विद्युत पोल ढल्यो, सडक अवरुद्ध


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १४, सोमबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नवलपरासी, असाेज १४
     पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको छ भने सडक किनाराको रिर्टनिङ पर्खाल पनि चर्केको छ ।

    त्यसैगरी विद्युत हाइटेन्सन लाइनको ठूलो फोल पनि सडकतर्फ ढलेको छ ।

    प्रहरीले सडक चर्किएर साढे १ फिट भासिन पुगेको बताएको छ ।

    अहिले साँझ सवा ५ बजेतिरबाट सडक अवरुद्ध भएको र बाटो खुलाउन, सडक डिभिजन र विद्युत कार्यालयसँग समन्वय भईरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट