
समाचार कुञ्ज युके पठाइदिन्छु भन्दै ९ लाख ठग्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका वडा नं ८ स्थायी घर भइ हाल पाेखरा १० बस्ने वर्ष २८ कि जमुना गुरूङ थापा रहेकी छन् । जमुनाले सामाजिक सञ्जाल फेसवुक लिङ्क प्रयाेग गरेर विभिन्न व्यक्तिहरूलाइ ठगेको प्रहरीले बताएको छ ।
जमुनालाइ मिलन मगरको उजुरीको आधारमा पाेखराबाट पक्राउ गरेर थप अनुसन्धानका लागि ५ दिनकाे म्याथ थपि थप अनुसन्धान भइरहेको बताइएको छ । जमुनाले मिलनलाइ आफु नेपाली सेनामा कार्यरत रहेको र भाइ युकेमा रहेको , अब आर्मी छाेडेर युके जान लागेको हुँदा अहिले पैसा सहयोग गर्दिन र पछि तपाईं लाई पनि युके तान्ने भन्ने प्रलोभनमा पारी ९ लाख २१ हजार ५ सय लिएकाे प्रहरी सँगकाे बयानमा बताएको पाइएको छ ।फेसवुकमा भेट , चिनजान र कुराकानी भए पछि विश्वासमा उक्त रकम दिएको तर पछि आफु ठगिएको थाहा पाएपछि उजुरी दिएको मिलनले बताएकाे प्रहरीले जानकारी दिएको छ।तनहुँ प्रेसबाट

प्रतिक्रिया दिनुहोस