आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

तनहुँका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नेपालीहरुको महान चाडपर्व दशैं,तिहार र छठ पर्वलाई लक्षित गरी सर्वसाधारण र यात्रुको सहजताका लागि यात्रु सहायता कक्षा निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा पृथ्वीराजमार्ग सडक खण्डका चार स्थानमा सहायता कक्ष स्थापना गरेको हो । 
    जिल्लाको दमौली भोर्लेटार चोक,शुक्लागण्डकीको बेलचौतारा,बन्दीपुरको डुम्रे र आँबुखैरेनीको आँबुखैरेनी चोकमा गरी चार स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । 
    यात्रुलाई अनावश्यक दुख दिने,बढी भाडा लिएको,यात्रुको झोला हराए लगायतका बिषयमा गुनासो आएमा सहायता कक्षबाट सहजीकरणको भूमिका गरिने प्रहरीले जनाएको छ । 

    यात्रुसंग बढी लिएको भेटिएमा भाडा फिर्ता गरिनुका साथै समितिलाई कारबाही गरिनेसम्मको व्यवस्था रहेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक तारापति अर्यालले जानकारी दिनुभयो ।  
    टिकट काउन्टरमा कालोबजारी हुनेतर्फ सचेत रहेका छौ,उहाँले भन्नुभयो “यात्रुले सहज रुपमा टिकट काट्न र गन्तव्यसम्म सुरक्षित तरिकाले पु¥याउन प्रहरीले सहयोग गर्नेछ ।” 
    सवारीसाधानको चापलाई मध्यनजर गर्दै  आवश्यकता देखिएमा अन्य स्थानमा पनि थप सहायता कक्ष विस्तार गर्न सकिने प्रहरीले जनाएको छ । 
    पृथ्वी राजमार्ग खण्डमा निर्वाध रुपमा सवारीसाधान गुड्न मिल्ने गरी मुग्लिन–पोखरा सडक विस्तार आयोजनासंग समन्वयमा काम भइरहेको छ,,उहाँले भन्नुभयो “दुईतर्फी सवारीसाधान गुड्ने गरी व्यवस्था मिलाइएको छ ।” 

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट