आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

चितवनको टोपेखोलामा २ वटा गाडीमा ढुंगा खस्यो, ५ यात्रु घाइते


  • समाचार कुञ्ज
  • २०८१ आश्विन २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कावासोती । नारायणगढ(मुग्लिङ सडकको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा दुई वटा गाडीमा क्षति भएको छ।

    एउटा गाडीका यात्रुलाई केही नभए पनि अर्को गाडीका पाँच जना यात्रु घाइते भएका छन्।

    घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढुंगाले लागेका दुवै गाडी आ(आफ्नो गन्तव्यतर्फ गइसकेको बताए। काठमाडौंबाट बर्दिया जान आइरहेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा प्र ०६(००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि हिजो राति सवा आठ बजेतिर ढुंगा खसेको थियो।

    ढुंगाले लााग्दा बर्दिया जााने बसका पाँचजना यात्रु घाइते भएका छन्।मााइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ।नवलपुर टाइम्स

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट