आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

बोलेरो दुर्घटना : ६ जना घाइते


  • समाचार कुञ्ज
  • २०८१ आश्विन २९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • खोटाङ । खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावाबेसी गाउँपालिका–१ कुभिन्डेमा बोलेरो दुर्घटना हुँदा चालकसहित ८ जना यात्रु रहेको बोलेरोमा ६ जना घाइते भएका हुन् । घाइतेहरूको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।रावाबेंसी गाउँपालिका-४ डुम्रेधारापानीबाट दिक्तेल आउँदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो कुभिन्डे हाँचेकामा मङ्गलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    घाइते हुनेहरुमा रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीका ९० वर्षीया पूर्णमाया तामाङ, ४४ वर्षीय सुद्रबहादुर मगर, लफ्याङका ४० वर्षीया कविता मुग्राती, पाथेकाका ३७ वर्षीया रामकुमारी सार्की, ४० वर्षीया गीता सार्की र सोल्माका बलराम कट्वालका ६ वर्षका छोरा विद्या कट्वाल छन् ।

    बोलेरोका चालक २६ वर्षका सुजन सार्की र अर्का एक यात्रु सकुशल रहेकाे प्रहरीले जनाएकाे छ । बोलेरो ब्रेक फेल भएर सडकमै पल्टिएको थियो । घाइतेहरूको अवस्था सामान्य छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट