आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

दमौली बजार र आसपासका क्षेत्रमा भोलि बुधबार दिउँसो तीन घण्टा विद्युत अवरुद्ध


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक ६, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • दमौली बजार र आसपासका क्षेत्रमा भोलि बुधबार दिउँसो तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

    दमौलीस्थित सवस्टेशनमा पावर ट्रान्सफर्मर तथा ब्रेकर प्यानलमा मर्मत गर्नुपर्ने भएकाले बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

    दमौली, तनहुँसुर, छाब्दी, थर्पु र सोती फिडरबाट विद्युत आपूर्ति हुने सबै क्षेत्रहरूमा विद्युत सेवा बन्द हुने जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट