आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : ८९ सडक बालबालिकाको उद्धार


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • बिबेक भण्डारी । 
    मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ मा रहेका टोलि बुधवार नवलपुर आएका छन ।  मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले सडकमा रहेका बालबाकिाको उद्धारका लागि आयोजना  गरेको उद्धार यात्राको टोलिलाई देवचुली नगरपालिकामा स्वागत गरिएको थियो ।

    टोलिलाई देवचुली नगरपालिकाकी उपमेयर पार्वती तिवारीको अध्यक्षतामा एक कार्यक्रम नै आयोजना गरेर स्वागत गरिएको हो । उद्धार यात्रामा निस्केको ४७ जनाको टोलीले यात्राको १० औँ दिनसम्म ८९ जना सडक बालबालिका तथा अनाथहरुको उद्धार गरेको जनाइएको छ ।

    आयोजित कार्यक्रमको संचालन प्रगतिनगर खानेपानीका अध्यक्ष खिमानन्द भुसालले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट