आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

देवचुलीको कुमसोतमा अटो दुर्घटना हुँदा ६ जना घाइते


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २१, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • देवचुली । देवचुली-६ कुमसोतमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    मंगलबार साँझ साढे ५ बजेको समयमा कुमसोतबाट दलदलेतर्फ आउँदै गरेको प्रदेश नम्बर ४- ००१ ह ००७२ नम्बरको अटो नियन्त्रण गुमाएर दुर्घटना भएको हो । दुर्घटनामा परी आयुस तामाङ, पार्वती गुरुङ, शुसान भट्टराई, इशान्त गुरुङ, विश्वास गुरुङ र विज्ञान श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको हो । प्रहरीले अटो र अटो चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट