आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

चितवनमा माइक्रोबस र बस ठोक्किँदा ५ जनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कार्तिक २३, कावासोती,

    नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएकामध्ये थप १ जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा रहेका चार जना सामान्य घाइते भएका छन् ।

    मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । 
    केहिबेर अघि रेडियो कावासोतीसँग भएको कुराकानिमा मिश्रले मृतकमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०÷४२ वर्षका राजबहादुर गुरुङको पहिचान खुलेको र अन्यको पहिचान खुल्न बाँकि रहेको बताउनुभएको छ । 
    बाईट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट