आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

भोलि भरतपुरको अरोमा कलेजमा ‘ चितवन आइडियाथन २०२४ ’ हुँदै  


  • समाचार कुञ्ज
  • २०८१ मंसिर ८, शनिबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • निराज रानाभाट, चितवन : कोड फर चेन्जले कोडफेस्ट – २०२४ अन्तर्गत मंसिर ८ गते ( भोलि ) चितवनको भरतपुरमा ‘ चितवन आइडियाथन – २०२४ ’ हुँदै छ । कोड फर चेन्जले कोडफेस्ट – २०२४ को पहिलो चरणमा ‘ कोडफेस्ट आइडियाथन २०२४ ’ मा ७ वटा प्रमुख शहरहरूमा आयोजना भइरहेको अवसरमा मंसिर ८ गते, शनिबार चितवनको भरतपुर महानगरपालिका -१०, बालमन्दिर रोडस्थित अरोमा कलेजमा बिहान १०:०० हुने कोड फर चेन्ज चितवनका परियोजना नेतृत्व मेघराज कँडेलले बताए ।

    ‘यो कार्यक्रमको क्रममा सहभागीहरू अन्तरक्रियात्मक सत्रहरू र मेन्टरसिप कार्यक्रमहरूमा संलग्न हुने छन् र समस्या सम्बन्धित नविन विचारहरू विज्ञ निर्णायकको सामु प्रस्तुत गर्ने छन् । यो आइडियाथन प्रतियोगिता होइन, सृजनशीलता, व्यवहारिक सिकाइ र सामुदायिक समाधानहरूको उत्सव हो । यो प्रारम्भिक चरणबाट चयन भएका टोलीहरू डिसेम्बरमा राजधानी काठमाडौंमा आयोजना हुने राष्ट्रिय स्तरको ह्याकथनमा सहभागी हुन पाउने छन् । यो विद्यार्थीहरूको आफ्ना विचारहरु प्रस्तुत गर्ने, मान्यता प्राप्त गर्न र वास्तविक समस्याहरूको समाधानमा योगदान दिने अद्वितीय अवसर हो’, कँडेलले भने । 

    अरोमा कलेजको सहयोगमा हुने ‘ चितवन आइडियाथन – २०२४ ’ को मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेको छ । साथै विभिन्न संघ / संस्थाहरु विभिन्न पार्टनरको रुपमा रहेका छन् । यस्तै, दर्ताको प्रक्रिया सकिएसँगै १ सय बढी टिमहरूले देशभरि भइरहेको कोडफेस्ट २०२४ आइडियाथनमा सहभागी हुने बताइएको छ । ‘ राष्ट्रिय स्तरको ह्याकथन कोडफेस्ट – २०२४ ’ का पार्टनर्सहरु अन्तर्गत ब्रोनज स्पोन्सरमा प्रेसिडेन्सियल ग्र्याजुएट स्कूल रहेको छ, भने सहकार्यमा म्हाङ्सा क्रिएसन्स र एलबीइएफ कलेज रहका छन् । त्यसैगरी, शैक्षिक पार्टनरमा टेकस्पायर कलेज, आईटी तालिम पार्टनरमा ब्रोडवे इन्फोसिस र शिक्षा पार्टनरमा टेक्सास इन्टरनेशनल कलेज रहेको छ । त्यस्तै, ज्ञान पार्टनरमा आईआईएमएस कलेज, आउटरीच पार्टनरमा बजारकोचिरफार, डिजिटल मार्केटिङ पार्टनरमा मार्चिङ एन्ट्स र क्लाउड पार्टनरमा ए डब्लू एस क्लाउड इन नेपाल रहेको छ । यसैगरी, होस्टिङ पार्टनरमा कैलाश क्लाउड, मिडिया पार्टनरमा द हिमालयन टाइम्स र कलेज पार्टनरमा सेंट लरेन्स कलेज, समृद्धि र शिक्षालय कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट