आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुरमा अर्घाखाँची जादै गरेको बस दुर्घटना


  • समाचार कुञ्ज
  • २०८१ मंसिर ९, आईतबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • नवलपुर । नवलपुरकाे विनयी त्रिवेणी -१, हाेङ्सी गेट नजिक यात्रु बस दुर्घटना भएको छ। आज राति करिब २:४० काे समयमा काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २१४१ नम्बरको बस आफै अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हाे।
    दुर्घटनामा परि बसमा सवार ४ जना घाइते भएकाछन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहाका अनुसार
    दुर्घटनामा परि अर्घखाँची मालारानी -४ बस्ने वर्ष ६३ का शोभाखर खनाल , गुल्मी मदने -८ बस्ने वर्ष ६४ की सरिता धिमिरे ,अर्घाखाँची संन्धीखर्क -८ बस्ने वर्ष ६६ की सुनिता देवी भुसाल र अर्घाखाँची मालारानी -७ बस्ने बर्ष ३१ का बसन्त धिमिरे घाइते भएका छन् । घाइतेको अवस्था खतरामुक्त रहेको छ। बसमा ३४जना सवार रहेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट