आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

बौदीकालीमा रुखबाट खसेर एक जना जेष्ठ नागरिक गम्भीर घाईते


  • समाचार कुञ्ज
  • २०८१ मंसिर ९, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कावासोती । नवलपुरको बौदीकालीमा रुखबाट खसेर एक जना जेष्ठ नागरिक गम्भीर घाईते भएका छ्न ।

    बौदीकाली-२ का ८० वर्षीय कुलबहादुर श्रेष्ठ घाँस काटने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।

    आफ्नै खरबारीमा रहेको खन्युको रुखमा घाँस काटन चढेका श्रेष्ठ रुखबाट खसेर गम्भीर घाईते भए पछि रकुवा प्राथमिक सेवा केन्द्र लगिएको थियो । उनलाई त्यहाँ बाट थप उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुख बाट खसेर गम्भीर घाईते भएका श्रेष्ठको अवस्था अचेत रहेको छ ।नवलपुर टाइम्सबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट