आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कालीगण्डकी करिडोर : लमाए खोलामा पुल पुनर्निर्माण सुरु


  • समाचार कुञ्ज
  • २०८१ मंसिर १४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • पर्वत- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा पर्ने लमाए खोलाले बगाएको मोटरेबल पुल पुनर्निर्माण सुरु गरिएको छ । 

    स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी २०० दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको बताए ।

    बाढीले पुलसँगै निर्माणस्थलमा रहेका सयौं बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य सामग्री बगाएको थियो ।

    पुल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७५ साल पुसदेखि निर्माण सुरु भएको थियो । ६० प्रतिशत काम सम्पन्न भएकोमा बाढीले टेवा पर्खालबाहेक सबै संरचनामा क्षति भएको थियो । २५ मिटर लामो र ११ मिटर चौडा यो पुलको लागत पाँच करोड ८९ लाख ८९ हजार २७७ रुपैयाँ हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट