
समाचार कुञ्ज मंसिर २१
छाङ युवा संजालद्वारा आयोजित ‘प्रेम स्मृती’ कपमा संकलित रकम स्वर्गीय भलिबल खेलाडीको परिवारलाई सहयोग गरिएको छ । छाङ युवा संजालका युवाहरूले विहीबार स्वर्गीय खेलाडी प्रेमबहादुर गुरुङ्गको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
छाङका भलिबल खेलाडी स्वर्गिय प्रेम बहादुर गुरूङको परिवार (श्रीमती गिता गुरूङ, छोरीहरूस् प्रिन्सा गुरूङ प्रियङ्का गुरूङ) लाई संजालको तर्फबाट रू। १ लाख ६० हजार सहयोग हस्तान्तरण गरिएको संजालका युवा गौरबराज रानाले बताए ।
उक्त रकमबाट स्वर्गीय गुरूङको परिवारमा शिक्षा सँगै दैनिकीको लागि सहज हुने संजालले अपेक्षा गरेको छ । संजालका संस्थापक अध्यक्ष नर सिं रानाको अध्यक्षतामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा प्रतियोगिताका संयोजकहरू सन्तोष राना , गौरवराज राना तथा संजित आलेले शुभकामना व्यक्त गरेका थिए ।उक्त अवसरमा छाङ युवा संजालका अध्यक्ष भक्त्त बहादुर गुरूङले आय व्यय प्रस्तुत गरेका थिए ।भिमाद एफएम

प्रतिक्रिया दिनुहोस